काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
बेपत्ता नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थिति थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका पदाधिकारी, पर्यटक प्रहरीका अधिकारी, पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पर्यटन व्यवसायी सहभागी थिए ।
कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएकाको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बेपत्ता नेपाली तथा विदेशीको खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरेका थिए ।
गत अगस्ट २६ मा नेपाल–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लाका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ । त्यस क्षेत्रमा आवतजावत गरिरहेका पर्यटक तथा यात्रुसमेत प्रभावित भएका छन् ।
बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा उनीहरूका परिवारसँग सम्पर्क कायम गराउने कार्यमा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन् ।















भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन