काठमाडौं । इन्फिनिटी लघुवित्तले देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै संस्थागत नीति, प्रक्रिया तथा अनुपालनसम्बन्धी ज्ञान थप प्रभावकारी बनाउने उद्देश्यले संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । संस्थाले भदौ २० र २१ गते देशभरका १५ स्टेसनमार्फत् एक सय दुईवटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखदेखि फिल्ड सहायक कर्मचारीसम्मलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका पदाधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षण तथा सहजीकरण सम्बन्धित अनुगमन अधिकृतहरूले गरेका थिए ।
तालिमका क्रममा संस्थाको कर्जा तथा बचत नीति, असुली नीति, कार्यान्वयनका प्रमुख प्रावधान, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्वलगायतका विषयमा पुनर्ताजगी गराइएको थियो । साथै, शाखा तथा कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या, तिनका समाधानका उपाय तथा कार्यप्रणालीमा आवश्यक सुधारका विषयमा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनका प्रमुख प्रावधान, संस्थाका आन्तरिक परिपत्रको प्रभावकारी कार्यान्वयनसम्बन्धी विषयमा समेत जानकारी तथा मार्गदर्शन प्रदान गरिएको संस्थाले जनाएको छ ।
तालिममा सहभागीहरूले आफ्ना कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया गर्न पाउँदा कार्यक्रम उपयोगी र व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन् । संस्थाका अनुसार १५ वटा स्टेसनमार्फत् देशभरका एक सय दुई शाखामा कार्यरत तीन सय ४३ कर्मचारीलाई समेटिएको उक्त कार्यक्रमले संस्थागत सुशासन, नीति तथा अनुपालनमा स्पष्टता, जिम्मेवार सेवा प्रवाह र कार्यप्रणालीमा एकरूपता कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत