काठमाडौं । एभरेष्ट इङ्लिस स्कुलले बाढीपीडितको सहयोगार्थ स्वेच्छिक राहत संकलन अभियान सञ्चालन गरेको अभियानमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीबाट चार लाख ५२ हजार छ सय ५२ रुपैयाँ संकलन गरेको छ । विद्यालयले पनि सोही बराबरको चार लाख ५२ हजार छ सय ५२ सहयोग थप गरी नौ लाख पाँच हजार तीन सय चार रुपैयाँ राहत कोषमा जम्मा गरिएको जनाएको छ ।
संकलित उक्त रकम जिल्ला प्याब्सन, भक्तपुरमार्फत् केन्द्रीय प्याब्सन हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ । आर्थिक सहयोगको उक्त रकम विपत्तिले पुर्याएको सम्पूर्ण क्षतिपूर्ति गर्न पर्याप्त नहुन सक्ने भए पनि पीडाको घडीमा कसैले दिएको सानो साथले पनि पीडित मनमा ठूलो भरोसा जगाउन सक्छ । सहयोगले ‘तपाईंहरू एक्लै हुनुहुन्न, दुःखमा हामी पनि तपाईंहरूसँगै छौँ’ भन्ने मानवीय सन्देश दिएको पनि विद्यालयले जनाएको छ । विद्यालय शिक्षाको थलोमात्र होइन, संवेदना, सहकार्य र सामाजिक उत्तरदायित्व सिकाउने ठाउँ पनि हो । कक्षाकोठामा सिकाइने पाठभन्दा बाहिर वास्तविक जीवनमा दुःखमा परेकालाई सहयोग गर्ने संस्कारले विद्यार्थीको चरित्र निर्माणमा अझ गहिरो प्रभाव पार्छ ।
एभरेष्टको उक्त पहलले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयबीचको सहकार्यलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मानवीय एकताको उदाहरण प्रस्तुत गरेको छ ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी