काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला कार्यसमिति तथा जिल्लाका विभिन्न खानेपानी उपभोक्ता संस्थाहरूले रसुवा जिल्लाका बाढीपीडित तथा प्रभावित नागरिकका लागि राहत स्वरूप आर्थिक सहयोग संकलन गरेका छन् । बाढी प्रभावित नागरिकको खानेपानी व्यवस्थापनलाई निरन्तरता दिन देशभरबाट सहयोग जुटाउने अभियानअन्तर्गत नवलपरासी जिल्ला कार्यसमितिले पनि आफ्नातर्फबाट सहयोग संकलन गरी आवश्यकताअनुसार खानेपानी व्यवस्थापनमा प्रयोग गरेको हो । अभियानमा अध्यक्ष गुप्तबहादुर केसीलगायत विभिन्न व्यक्ति तथा खानेपानी उपभोक्ता संस्थाहरूले व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोग गरेका छन् ।
सहयोग गर्नेहरूमा अध्यक्ष गुप्तबहादुर केसी, पाँच हजार पाँच सय, मञ्जु क्षेत्री, दुई हजार पाँच सय, केशवकान्त न्यौपाने, दुई हजार पाँच सय, गणेश गुप्ता, १५ हजार एक सय १५, कृष्ण क्षेत्री, पाँच हजार पाँच सय, ताराबहादुर पौडेल, दुई हजार पाँच सय, शान्ति पोखरेल, दुई हजार पाँच, राजेन्द्र शर्मा, एक हजार, लोकेश्वर वैरागनाथ खानेपानी, ११ हजार एक ११, दिनेश उपाध्याय, प्रदेश कोषाध्यक्ष पाँच हजार र मोनिका क्षेत्री, प्रदेश सदस्य दुई हजार गरी कुल ५४ हजार दुई सय ३१ रुपैयाँ प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खानेपानी व्यवस्थापन तथा राहत कार्यमा परिचालन गरिएको राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासीका अध्यक्ष गुप्तबहादुर केसीले जानकारी दिनुभएको छ ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई