काठमाडौं । बाढी प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सिद्धार्थ हस्पिटालिटी परिवारले सहयोग गर्ने भएको छ । श्री नीलकण्ठ माध्यमिक विद्यालयले सञ्चालन गर्ने छात्रावासमा बस्ने प्रभावित बालबालिकाका लागि एक वर्षसम्म आवश्यक खाना उपलब्ध गराउने जिम्मेवारी सिद्धार्थले लिने भएको हो ।
राहत सामग्री तथा खाना लिएर बेत्रावती पुगेको सिद्धार्थ परिवारको टोलीले स्थानीय प्रतिनिधि तथा विभिन्न सहयोगी संस्थासँग राहत र पुनःस्थापनाका विषयमा छलफल गरेको थियो । विद्यालयका अनुसार करिब छ सय विद्यार्थी अध्ययनरत विद्यालयमा करिब दुई सय विद्यार्थी अझै सम्पर्कमा आउन नसकेको तथा केही बालबालिका अभिभावक गुमाउने अवस्थाबाट प्रभावित भएका छन् ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विपत्तिपछि तत्कालीन राहतसँगै बालबालिकाको शिक्षा, संरक्षण र भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै प्रभावित समुदायलाई आफ्नो क्षेत्रबाट सहयोग गर्नु व्यवसायको सामाजिक दायित्वसमेत भएकाले बालबालिकाको शिक्षामा गरिएको सहयोगले दीर्घकालीन अर्थ राख्ने बताउनुभएको थियो । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई