काठमाडौं । नेपालमा लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको ११औँ स्मृति दिवस राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको उपस्थिति र निर्धन संस्थाका अध्यक्ष देवेन्द्रबहादुर राउतको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको छ । आयोजक संस्था निर्धन तथा डा. हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दनदेव पन्तले नेपालमा अहिले पनि करिब २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेकाले देशमा गरिबी निवारण गर्न डा. हरिहरदेव पन्तले गर्नुभएको लघुवित्त सेवाको मार्गदर्शनको मूल्य, मान्यतालाई अझै प्रभावकारी रूपमा अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा डा. हरिहरदेव पन्तको तस्वीरमा माल्यार्पण, दीप प्रज्ज्वलन र समृद्धिको मार्गमा, २०८३ लघु उद्यमीहरूको सफलताको कथा संग्रह पुस्तक विमोचन डा. गुणाकर भट्टसहित डा. रेवतबहादुर कार्की, डा. फत्तबहादुर केसी, देवेन्द्रबहादुर राउत र जनार्दनदेव पन्तले सामूहिक रूपमा गर्नुभएको थियो । निर्धन उत्थान लघुवित्तले लघुवित्त सेवाका माध्यमबाट सफल उद्यमीहरूको संघर्ष र सफलताको कथा हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।
कार्यक्रममा डा. हरिहरदेव फाउण्डेसनले डा. पन्तले लिनुभएको अभियान सार्थक तुल्याएर टेवा पुर्याउन हरेक वर्ष विभिन्न पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्षको डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार, लघु उद्यमशील पुरस्कार र आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । आर्थिक क्षेत्रमा योगदान पुर्याउन विद्यार्थीको मनोबल वृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा सञ्चालित डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र, स्नातकोत्तरमा शैक्षिक सत्र सन् २०२१-२०२३ मा ३.७७ अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल कमल पौडेलेलाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै लघु उद्यमशील पुरस्कारअन्तर्गत कोशी प्रदेशबाट भोजपुरकी शान्तिमाया तामाङ, मधेस प्रदेशबाट रौतहटकी रैमलवा देवी, बागमती प्रदेशबाट काठमाडौं रामकोटकी रसिला तामाङ, गण्डकी प्रदेशबाट गोरखाकी धनमाया गुरुङ, लुम्बिनी प्रदेशबाट कोहलपुरकी सोविता काफ्ले, कर्णाली प्रदेशबाट सुर्खेतकी पदमा देउवा रोकाय र सुदूरपश्चिम प्रदेशबाट डडेलधुराकी कविता सांकी गरी सातै प्रदेशका सात उत्कृष्ट उद्यमीलाई डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार जनही नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार लगानी न्यूज डटकमका सम्पादक आशिष ज्ञवालीलाई नगद एक लाख रुपैयाँसहित सम्मान पत्र प्र्रदान गरिएको थियो ।







बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि