काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनःनिर्माणका कामलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
बाढीमा परी ज्यान गुमाएकाको १३औँ पुण्यतिथिका अवसरमा सोमबार शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले मृतकप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
उहाँले बाढीबाट भएको अकल्पनीय क्षतिले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको बताउँदै प्रियजन गुमाएका शोकसन्तप्त परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका विभिन्न निकाय तथा सङ्घसंस्थाप्रति अध्यक्ष ओलीले धन्यवाद व्यक्त गर्नुभएको छ ।
एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक सङ्घसंस्था तथा अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले बेपत्ता रहेका नागरिकको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई प्रभावकारी ढङ्गले निरन्तरता दिन सरकारसँग आग्रह गर्नुभएको छ ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनःस्थापना र पुनःनिर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्दै उहाँले आवश्यक समन्वय र सहकार्यका लागि आफूहरू तयार रहेको बताउनुभएको छ ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल