काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भदौ २३ गते मङ्गलबार सार्वजनिक बिदा भए पनि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैङ्कअन्तर्गत बैङ्क तथा वित्तीय संस्था नियमन विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै विपद् प्रभावित नागरिकलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले अत्यावश्यक बैङ्किङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।
विभागका अनुसार रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा उद्धार कार्यमा सहजीकरण गर्न राष्ट्र बैङ्कले भदौ २३ गते ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते ‘जेन्जी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको थियो । तर, विपद् प्रभावित नागरिकलाई आवश्यक सेवा तथा राहत कार्यमा सहजता पुर्याउन उक्त दिन बैङ्किङ सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको हो ।







न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा