सन् २०२६ अगष्ट ७ मा बहुचर्चित मेक्का सुरक्षा सम्झौता सम्पन्न भएको छ । टर्की, साउदी अरेबिया र पाकिस्तानबीच भएको उक्त सुरक्षा सम्झौताको बारेमा विभिन्न चिन्तन प्रतिष्ठन र सञ्चार गृहहरूको चर्चा गरिरहेका छन् ।सम्झौतानुसार कुनै एक देशमा आक्रमण भएकाखण्डमा तिनै देशहरू एक साथ उभिने संकल्प गरिएको छ । हुन त साउदी अरेबिया र पाकिस्तानबीच पहिले पनि सुरक्षा सम्झौता भइसकेको छ । ५० को दशकदेखि साउदी अरेबियाको राजपरिवारको सुरक्षा प्रत्याभूत गर्ने जर्मको पाकिस्तान सैनिकले गर्दै आएको छ । मध्य एसियाली तनावको बीच पाकिस्तान, टर्की र साउदी सम्झौताका विभिन्न आयाम छन् । इरानले सबभन्दा बढी आक्रमक्ता साउदी अरेबियामै देखाएको थियो ।
अमेरिकी सुरक्षा छातामा साउदी अरेबिया आफूलाई असुरक्षित महसुस गर्दै पाकिस्तानसँग सम्झौता गरेका थिए । २५ हजार पाकिस्तानी सैनिकहरू साउदी अरेबियाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन तैनाथ गरिएको थियो । भारतका पूर्वविदेश राज्यमन्त्री र चर्चित पत्रकार एम.जे.अकबरले पाकिस्तान साउदीको सम्झौतालाई प्रश्नको घेरामा राखेका छन् । इरान समर्थित हुती विद्रोहीले साउदीमा क्षेप्यास्त्र चलाउँदा पाकिस्तानी सैनिक मुखदर्शक मात्र बन्नुपरेको उदाहरणबाट पाकिस्तान साउदीको सम्झौता राजनीतिक लप्फाजाजीमात्र भएको उनको जिकिर छ । साउदी अरेबियाले पाकिस्तानी सैनिक इरानमा परिचालित गरेकाखण्डमा पाकिस्तानी जनताको विद्रोहले कराँची र इस्लामावाद धरासाही हुने उनको र्तक छ ।
वर्तमान परिवेशमा टर्की, पाकिस्तान र साउदीको त्रिकोणात्मक सम्झौताको मूलशत्रु निधारण भएको छैन । शत्रुलाई लक्षित नगरी कुनै सामरिक र सुरक्षा सम्झौता अर्थहीन र महत्त्वहीन हुने तर्क जानकारहरूको छ । टर्की नाटोको सदस्य छ । साउदी अरेबिया अमेरिकी सुरक्षा छातामा छ । साथसाथै पाकिस्तानका सैनिक शासक अमेरिकी कठपुतली नै रहेको छ ।
वर्तमान परिवेशमा टर्की, पाकिस्तान र साउदीको त्रिकोणात्मक सम्झौताको मूलशत्रु निधारण भएको छैन । शत्रुलाई लक्षित नगरी कुनै सामरिक र सुरक्षा सम्झौता अर्थहीन र महत्त्वहीन हुने तर्क जानकारहरूको छ । टर्की नाटोको सदस्य छ । साउदी अरेबिया अमेरिकी सुरक्षा छातामा रहेको छ । साथसाथै पाकिस्तानका सैनिक शासक अमेरिकी कठपुतली नै छ । त्यस अवस्थामा यी तीनै शक्तिहरू इजरायललाई आफ्नो प्रधानशत्रु घोषणा गर्ने सार्मथ्य राख्न सक्दैनन् । इस्लामिक मनोग्रन्थीलाई ध्यानमा राख्दै यी तीनै इस्लामिक मुलुकहरू इरानलाई समेत तारो बनाउन सक्दैन । साउदी अरबिया र ट्रकीबीच सघन सम्बन्ध रहेको इतिहास छैन ।
सन् १९१८ मा नै साउदीले टर्कीको खलिफालाई बहिष्कार गरी अमेरिकासँग सामिप्यता बढाएका थिए भने २०१८ मा ट्रकीले साउदी राजकुमारलाई एक हत्याको आरोपमा घेराबन्दी गरेका थिए । जानकारहरू मेक्का सम्झौतालाई व्यावहरिक कसीमा राखेर समीक्षा गरेका छन् । भारतका पूर्वराजदूत र सामरिक जानकार श्याम शरणले मेक्का सम्झौतालाई आलोकित गरेका छन् । श्याम शरणका अनुसार पाकिस्तान र अफगानिस्तानबीच तनाव चुलिएको छ । अफगानिस्तानको विरुद्धमा टर्की र साउदी अरबेयाले आफ्नो सैन्य शक्ति परिचालन गर्ने अवस्था छैन ।
सन् १९१८ सम्म संसारका सम्पूर्ण इशलामिक राष्ट्रहरू उपनिवेशवादको चपेटामा आए तापनि अफगानिस्तान आएको थिएन । जानकार अफगानिस्तानलाई उपनिवेशवादको चिहान (गेर्भर्याड अफ इमपेरेलिजम)को रूपमा व्याख्या गरेका छन् । यही सेरोफेरोमा मेक्का सम्झौताको भारतमाथि पर्ने प्रभावको बारेमा चर्चा गर्दा रोचक हुनेछ । भारत र साउदी अरेबियाबीच ४१ दशमलव ८८ बिलियन अमेरिकी डलरको व्यापार छ भने २५ लाख भारतेलीहरू साउदी अरेबियामा कार्यरत छन् । भारतका विभिन्न विकास निर्माणमा साउदी अरबियाको लगानी १०० बिलियन अमेरिकी डलरको छ ।
यो परिवेश र परिस्थितिमा भारत-पाकिस्तानबीच युद्ध हुनगएकाखण्डमा साउदी अरेबिया पाकिस्तानको पक्षमा नउभिने जानकारहरूको बुझाइ छ । सामजिकस्तरमा पाकिस्तान साउदीबीच सघन सम्बन्ध छैन । भर्खरै साउदी अरबियाबाट २५ हजार पाकिस्तानीलाई पाकिस्तान फिर्ता गरिएको छ । पाकिस्तान, टर्की र साउदीको गठबन्धनले मध्यएसियामा पार्ने प्रभावको बारेमा समेत जानकार व्याख्या गरेका छन् । वर्तमान परिवेशमा पाकिस्तानी सैनिक मुखिया पाकिस्तानको गृहयुद्धको कलहले आक्रान्त छन् । बालुचिस्तानमा पाकिस्तानी सुरक्षा कर्मीको न्यून उपस्थिति छ भने खैबर पस्तुनमा समेत विद्रोहको ज्वारभाटा देखिएको छ । पाकिस्तान शासित कश्मिर आन्दोलन र आक्रोसमा देखिएको छ ।
यी परिवेशमा पाकिस्तानीका सैनिक मुखियाले अन्तर्राष्ट्रिय राजनीति र गठबन्धनमा आफ्नो भूमिका खोजिरहेको छ । भर्खरै पाकिस्तानी सैनिक शासक कुवेतसँगसमेत सुरक्षा सम्झौता गरेका छन् । घरेलु रूपमा पाकिस्तानी सैन्य शासन बद्नाम भएको छ । इमरान खानको रिहाइका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा दबाबको सिर्जना भइरहेको अवस्था छ । यस्तो परिवेशमा टर्की पाकिस्तान र साउदीको गठबन्धनले इस्लामिक राष्ट्रहरूमा पर्ने प्रभावको बारेमा धनिभूत रूपमा बहस भइरहेको छ । भर्खरै मेक्का सम्झौतामा बंगलादेश पनि सहभागी हुने चर्चा चलेको थियो । अर्थात् मेक्कालाई इस्लामिक नाटोसमेत केही चिन्तन प्रतिष्ठानहरूले उपमा दिएका छन् तर यी तीनै मुलुकलाई अमेरिकी सेटल्याटको रूपमा व्याख्या गरिन्छ । मेक्का सम्झौताबाट साउदी अरेबियाबाट पाकिस्तानी सैन्य नेतृत्वले आर्थिक भरथेग पाउनसक्दछ ।
म.जे.अकबरजस्ता विद्वानले मेक्का सम्झौतालाई ‘चेकबुक डिप्लोम्यासी’ भनेका छन् । अर्थात् साउदी अरेबियाले सुरक्षा पत्याभूत गर्न पाकिस्तानी सैनिकलाई आर्थिक भरथेग गर्न जमर्को गरेको छ । टर्कीको नीति फरक देखिएको छ । टर्की नाटोको सदस्य भए तापनि इस्लामिक जगत्मा आफ्नो भूमिका र नेतृत्व खोज्न सदैन सक्रिय रहेको पाइन्छ । टर्कीमा भुँइचालो जाँदा भारत सबभन्दा पहिले उद्धार सामग्रीसहित उपस्थित भएको थियो तर अपरेसन सिन्दुरताका इस्लामको नाममा पाकिस्तानलाई ड्रोनलगायत विभिन्न उपकरण दिएर टर्कीले सहयोग गरेको थियो । मेक्का सम्झौताबाट इस्लामिक गठबन्धन र गठजोड बढ्ने सम्भावना देखिएको छ । मेक्का सम्झौताको माध्यमभबाट पाकिस्तानले भारतलाई सामरिक दबाबमा राख्न खोजेको देखिन्छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन