बर्दिया । एकै दिनमा लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार एकैदिनमा लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका-२ स्थित भारत तर्फबाट नेपालतर्फ आउदै गरेका बाँके कोहलपुर नगरपालिका-१५ का २७ वर्षका राजेश कुमार थारुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट ६ ग्राम ८ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै गुलरिया नगरपालिका-११ स्थित भारतको लौकाही बजारबाट नेपालतर्फ आउदै गरेका बाँके बैजनाथ गाउँपालिका-४ का ३३ वर्षीय ईश्वर थारु र २८ वर्षीय अजय बहादुर थारुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको साथबाट ४ ग्राम ४ सय ७० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल