जुम्ला । पहिरोका कारण कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर विभिन्न बजारतर्फ गएका करिब ४० वटा गाडी बाटोमै अलपत्र परेका छन्।
कालिकोटको गगनेखोलामा आएको भीषण पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगन्ज, धनगढी, दाङलगायतका बजारका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका हुन्।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार सेरावाडामा करिब १३ गाडीमध्ये सात वटा र हुल्म ताडिमा २० वटा गाडी रोकिएका छन्। अन्य स्थानमा समेत स्याउ बोकेका गाडी अलपत्र रहेकाले जम्मा करिब ४० वटा गाडीमा लोड गरिएको स्याउ बाटोमै रहेको उहाँले बताउनुभयो।
अधिकारीका अनुसार अलपत्र रहेका गाडीमा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको स्याउ रहेको छ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा यस वर्ष १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको छ। त्यसमध्ये हालसम्म करिब ५० प्रतिशत स्याउ जिल्लाबाहिरका बजारमा निर्यात भइसकेको कार्यालयले जनाएको छ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल