काठमाडौं । कल्पतरू प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मुक्तकीय संवाद संग्रह ‘नवनी संलाप’ लोकार्पण भएको छ । हाल गोकर्णेश्वर-६ निवासी वरिष्ठ साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’ र साइप्रसमा कार्यरत साहित्यकार निर्मलादेवी तिम्सिना ‘कान्छी’ बीच सामाजिक सञ्जालको माध्यमबाट भएका मुक्तकीय संवादहरूको संग्रहलाई कृतिका रूपमा प्रकाशित गरी एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं.६ का वडाअध्यक्ष नवराज लामाले कार्यक्रमको उद्घाटन गर्दै साहित्य समाजको महत्त्वपूर्ण अंग भएको धारणा राख्नुभयो । लोर्कापित मुक्तक संग्रहको समीक्षा गर्दै वरिष्ठ साहित्यकार प्राडा.कृष्णप्रसाद दाहाल, कल्पतरू प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष डा.विदुला घिमिरेलगायतले नवीनशैली अपनाई लेखिएको मुक्तक संग्रह नेपाली साहित्यमा विशेष प्राप्ति भएको चर्चा गर्नुभयो ।
अभिनव साहित्य समाज, स्रष्टा पदयात्रा नेपाल र कल्पतरू प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष विमल अर्याल सभाध्यक्ष रहनुभएको कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सुलेख पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार बाजुराम पौडेल, वरिष्ठ साहित्यकारहरू गंगा कर्माचार्य, रमेश पौडेल, वसन्त रिजाल, महेन्द्र चालिसे, मुकुन्द अर्याल, उमेश तिमल्सिनालगायत व्यक्तिहरूको सहभागिता रहेको थियो ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी