काठमाडौं । पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड-२०८३ का विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । आर्टिष्ट अफ नेपाल डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको अवार्डका लागि २०८३ सालमा बजारमा आएका तीज गीतलाई आधार बनाएर उत्कृष्ट पाँच छनोट गरिएको आयोजकले जनाएको छ ।
अवार्डका अध्यक्ष सविता पोखरेलका अनुसार तीज दोहोरी तथा मौलिक तीज गीततर्फ सर्वोत्कृष्ट मिक्सिङ, संगीत संयोजन, नवप्रतिभा, भिडियो मोडल, निर्देशक, कोरियोग्राफर, छायाँकार, सम्पादक, शृंगार, संयुक्त गायन, शब्द, संगीत, गायक, गायिका, डायस्पोरा तथा सर्वोत्कृष्ट तीज गीतलगायत २२ विधामा मनोनयन सार्वजनिक गरिएको हो ।
प्रत्येक विधाका उत्कृष्ट पाँचमध्येबाट एकजनालाई विजेता घोषणा गरिनेछ । विजेता छनोटमा निर्णायकको ५० प्रतिशत मत, भोटिङको ४० प्रतिशत तथा आयोजकको १० प्रतिशत मतभार रहने आयोजकले जनाएको छ ।
अवार्ड समारोहसँगै विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मानसमेत गरिनेछ । नारीरत्न सम्मान, कलापत्रकारिता सम्मान, कला सम्मान, व्यवसायी सम्मान, शिक्षासेवी सम्मान, स्वास्थ्यकर्मी सम्मान तथा सामाजिक सम्मानलगायत विधामा योगदान पुर्याउने महिलालाई सम्मान गर्ने तयारी गरिएको छ । अवार्ड समारोह आगामी भदौ २६ गते शुक्रबार काठमाडौंको बिजुली बजारस्थित क्रिष्टल पार्टी भेन्युमा आयोजना हुने आयोजकले जनाएको छ ।







फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ
कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदको प्रश्न
रसुवा भोर्ले बजारको पहिरो हटाइयो,
आरआर क्याम्पसको गेटमै विद्यार्थीले दाउरामा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
नयाँ शैली र कलाकारसहित फेरि