काठमाडौं । यही भदौ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । प्रमाणपत्रसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएको छ ।
दुई घण्टा १४ मिनेट लामो चलचित्रले व्यावसायिक प्रदर्शनको अनुमति पाएसँगै निर्माण पक्ष उत्साहित देखिएको छ । विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत जबर्जस्ती विवाह गराउँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई मुख्य विषय बनाएको छ ।
चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्कासहित सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसीलगायत कलाकारको अभिनय छ । निर्माता उग्रसेन ढुंगानाको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पार्नुभएको हो ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित चलचित्रमा सोनी थापा (ढुंगाना) प्रस्तुतकर्ता तथा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता हुनुहुन्छ । चलचित्रलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दै हुनहुन्छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।
चलचित्रकी नायिका न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल-२०२२ हुनुहुन्छ । विराटनगर घर हुनुभएकी न्यान्सी व्यावसायिक मोडलसमेत हुनुहुन्छ भने उहाँले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गर्नुभएको छ । उहाँले जापानमा भएको ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । त्यहाँ उहाँले रियल मिस पपुलर च्वाइस अर्वाड जित्नुभएको थियो । मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा समेत सक्रिय रहँदै आउनुभएकी उहाँको पहिलो चलचित्र ‘१२ गाउँ’ रहेको थियो ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न