काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औं स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार चलचित्र विकास बोर्डमा विशेष समारोह आयोजना गरी संघले स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रथम नेपाली अभिनेत्री तथा संघकी पूर्वसंरक्षक भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो ।
स्थापना दिवसका अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो । चलचित्र क्षेत्रका कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागितामा गरिएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, बाढीपीडितका लागि करिब चार लाख रुपैयाँबराबरको राहत रकम संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो । हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक लाख एक हजार सहित करिब चार लाख रुपैयाँबराबरको राहत रकम संकलन भएको जनाइएको छ ।
अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारसँगै समाजप्रतिको दायित्वलाई समेत संघले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । स्थापना दिवसलाई केवल औपचारिक उत्सवका रूपमा सीमित नगरी विपत्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रक्तदान तथा राहत संकलन आयोजना गरिएको उहाँको भनाइ थियो । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगमा कलाकार तथा चलचित्रकर्मीलाई समेत जोड्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
स्थापना दिवसका अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको हो । चलचित्र क्षेत्रका कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागितामा गरिएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, बाढीपीडितका लागि करिब चार लाख रुपैयाँबराबरको राहत रकम संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो ।
संघका संस्थापक प्रथम अध्यक्ष शान्ति मास्केको तस्वीरमा प्रमुख अतिथि भुवन चन्दले माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेपछि कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो । कार्यक्रममा चलचित्र कलाकार संघको स्थापना, यसको उद्देश्य तथा नेपाली चलचित्र क्षेत्रमा संघले पुर्याउँदै आएको योगदानबारे वरिष्ठ कलाकार संघका सल्लाहाकार तथा पूर्व अध्यक्ष कृष्ण मल्ल कृष्ण मल्लले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राख्दै कलाकारको हकहित, सामाजिक उत्तरदायित्व र चलचित्र क्षेत्रको विकासमा संघले निर्वाह गर्दैआएको भूमिकामाथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास बोर्डका निर्वतमान अध्यक्ष दिनेश डिसीलगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व तथा कलाकारहरूको उपस्थिति थियो । कार्यक्रममा रक्तदान गर्ने कलाकार तथा अन्य व्यक्तित्वलाई संघका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।
संघकी उपाध्यक्ष पूजना स्त्रीले सहभागी, रक्तदाता, सहयोगी तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले संघको स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर मनाउन पाउनु गौरवको विषय भएको बताउनुभयो । नेपाली चलचित्र क्षेत्रको विकाससँगै कलाकारको हकहित र सामाजिक उत्तरदायित्वका विषयमा समेत सक्रिय रहँदै आएको कलाकार संघले ३८औं स्थापना दिवसलाई विशेष बनाउने प्रयास गरेको हो । कलाकारहरू मनोरञ्जन क्षेत्रमा मात्र सीमित नभई प्राकृतिक विपत् तथा मानवीय संकटका बेला समाजसँगै उभिनुपर्छ भन्ने सन्देशसमेत कार्यक्रमले दिएको छ ।
संघको स्थापना दिवसमा आयोजित रक्तदान र राहत संकलनले चलचित्र क्षेत्रका कलाकार तथा चलचित्रकर्मीबीचको सामाजिक एकता र मानवीय संवेदनालाई समेत उजागर गरेको सहभागीहरूको भनाइ थियो । स्थापनाको ३८ वर्ष पूरा गरेको अवसरमा संघले आगामी दिनमा कलाकारको व्यावसायिक तथा सामाजिक भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने अध्यक्ष केसीले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कलाकार तथा चलचित्र क्षेत्र र सामाजिक व्यक्तत्विहरूको बाक्लो उपस्थिति रहेको थियो । तस्वीर : सुरेन्द्र थापा







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न