वैदिक वर्ण व्यवस्था र हालको जातीय विभाजन केही दिनअघि मैले एटापोडका स्टसुनेको थिएँ, त्यो पोडकाष्टमा एकजना भारतीय मूलका प्राज्ञ, प्रोफेसर कुन्दन सिंह, जो हाल क्यालिफोर्नियाको शोफिया युनिभर्सिटीमा अध्यापन गराउँछन् । श्रीअरविन्दलाई उद्धरण गरेर वैदिक सनातन धर्म अनुसारको वर्ण व्यवस्थाको अवधारणा र पछिल्लो समयमा हिन्दु धर्ममा जातजातीय विभाजन कसरी जन्मिन गयो भन्ने कुरा यहाँ राख्न चाहेँ । सांख्यदर्शन अनुसार विश्वब्रह्माण्डको उत्पत्ति प्रकृति र पुरुषको संयोगबाट भएको हो । प्रकृतिमा तीन गुण सुषुप्त अवस्थामा थियो र पुरुषको संयोगबाट ती तीन गुण चलायमान भए । ती तीन गुण, सत्व, रज र तम हुन् ।
प्रकृतिसँग पुरुषको संयोगबाट महत पैदा भयो, जसबाट बुद्धि र अहंकारले जन्म लियो, त्यसैको विस्तारित रूप आजको विश्वब्रह्माण्ड हो । जब विश्वब्रह्माण्ड नै यी तीन गुणबाट बनेको छ भने यी तीन गुणको समायोजनबाट नै ब्रह्माण्डका हरेक वस्तु वा जीवको उत्पत्ति भयो । सत्व गुणले ज्ञानको भोख र ब्रह्मनिष्ट जनाउँछ भने रजो गुणले भावना र महत्त्वाकांक्षलाई प्रस्तुत गर्छ र तमो गुणले अल्छिपन र निराशालाई इंगित गर्दछ । सत्व प्रधान व्यक्ति ज्ञानी, शान्त र परोपकारी हुन्छन् । रजस् प्रधान व्यक्ति कर्मठ, महत्त्वाकांक्षी र सांसारिक सुखमा लीन हुन्छन् । तमस् प्रधान व्यक्ति आलसी, अज्ञानी र निराशावादी हुन्छन् ।
हालका दलितलाई शुद्र वर्ण भन्न मिल्दैन । उनीहरूको शिल्पकारिता, कर्मकौसलता र कर्मशीलता आजका कुनै ब्राह्मण, क्षत्रिय वा वैश्य वर्णका थरभन्दा धेरै माथिल्लो स्तरमा छ । उनीहरू राजनीतिक र समाजिक परिवर्तनका क्रममा शक्तिशाली वर्गहरूले पछाडि पारिएका नागरिक समूह हुन् र ऐतिहासिक रूपले अन्यायमा परेका वर्ग हुन् ।
कुनै वस्तुमा वा व्यक्तिमा कुनै गुण हावी हुनेभयो भने कुनैमा अर्को गुण हावी हुनेभयो । पत्थरमा तमोगुणको मात्रा अत्यन्तै ज्यादा हुने भएकाले जड भयो । मनुष्यमा पनि कसैमा कुन त कसैमा कुन गुण हावी हुने भयो । कुनै एक मनुष्यमा तमोगुण हावी भएमा ऊ स्वभावैले अल्छी, निरुत्साही र सिर्जनात्मक प्रतिभा शून्य हुनेभयो भने जसमा रजोगुण हावी छ । ऊ स्वभावैले शक्तिको उपासक, जुझारू प्रकृतिको, महत्त्वाकांक्षी, शक्ति सञ्चय गर्ने र क्रियाशील हुन्छ भने जसमा सत्वगुण प्रधान छ । ऊ ज्ञानको खोजीमा हिँड्ने खालको हुन्छ, शान्त स्वभाव, सिर्जनशील हुन्छ । जसमा तमो र रजोगुणको संयोग बढी भयो ऊ धनार्जन गर्ने स्वभावको हुन्छ ।
यस प्रकार जसमा ज्ञानको भोक बढी भयो र विश्वब्रह्मलाई र आफूलाई जान्न चिन्नमा लाग्यो, सिर्जनामा रमाउने भयो उसको स्वधर्म (स्वभाव-धर्म) नै ज्ञान आर्जन भयो । समाजमा उसलाई ब्राह्मण भनेर चिनियो (ब्राह्मणको अर्थ नै जो ब्रह्मलाई जान्दछ भन्ने हुन्छ) । त्यसरी नै जसको स्वभाव लडाकु, शक्तिको उपासक महत्त्वाकांक्षी भयो ऊ क्षत्रिय भयो, जसले धनआर्जनलाई जीवनको आधार बनायो ऊ वैश्य भयो र जो यी तीनै गुणबाट टाढा भयो ऊ शूद्र वर्ण भयो । यसरी जसको स्वभाव जे भयो उसको कर्म त्यसरी नै तय हुनेभयो । हरेक मनुष्यमा यी तीनै गुण हुन्छन्, तर कुन हावी छ भन्ने कुरा उसको कर्मबाट छुटिन्छ ।
यस प्रकार एकै परिवारभित्र पनि कोही ब्राह्मण स्वभाव लिएर ज्ञान आर्जनतर्फ उन्मुख भएर जन्मिएका हुन्छन् भने, कुनै सदस्य क्षेत्रियको स्वभाव लिएर जन्मिएका अर्थात् शक्तिको बढी मात्रामा प्रयोग हुने राजनीति, सैन्यशक्तिमा बढी रमाउने भए, सोही परिवारमा कसैको दिमाग धन कमाउनेमा व्यस्त छ भने ऊ वैश्य वर्णको भयो र कोही अल्छी स्वभावका र अराएपराएको काममात्र गर्ने, शूद्र हुन गए । यस प्रकार वैदिक वर्ण व्यवस्थाको प्रादुर्भाव भएको थियो । एकै परिवारभित्र चार वर्ण छुट्टिएका सदस्यहरू हुने भए र उनीहरूबीच कहाँ छुवाछूत कहाँ जातपात र कहाँ तल्लोमाथ्लो । समाज एक ढिक्का थियो तर यो व्यवस्था समयको अन्तरालमा बिस्तारै अपभ्रमित हुँदैगयो ।
आज आएर सोही वैदिक वर्णव्यवस्था गुणात्मकभन्दा पारिवारिक जन्मजातमा परिणत हुनगयो । प्रोफेसर कुन्दन सिंहका अनुसार पछिल्लो समयमा जातीय प्रणालीलाई अझ सबलीकरण गर्न कोलोनियल एराका जस्ता ब्रिटिश लेखकहरू जसले हिस्ट्री अफ ब्रिटिश इण्डिया (१८१७) पुस्तक प्रकाशित गरे, सोही समयका ब्रिटिश प्रशासकहरू र राजनीतिज्ञहरूको ठूलो हात छ, जसले समाजलाई विभाजन गर र सत्तामा अडिरहु को सिद्धान्तलाई भारतमा लागू गरे । उनका अनुसार ब्रिटिशहरूले आफ्नो देशमा चलिआएको एरिष्ट्रोक्यासीको प्रतिबिम्ब भारतको वर्ण व्यवस्थामा देखे र त्यसैलाई डिभाइड एण्ड रुलको मुख्य हतकण्डा बनाए । पोष्ट कोलोनियल एराका भारतीय राजनीतिज्ञहरूको पनि सत्ता कब्जा गर्न र सत्तामा रहिरहने यसै आशयको ठूलो भूमिका छ ।
पछिल्लो समयमा सत्ता कब्जा गर्न यही सिको नेपाली राजनीतिज्ञहरूले पनि अपनाए । यस प्रकार सनातनदेखि वैज्ञानिक ढंगको वैदिक वर्णव्यवस्था अपभ्रंश भएर हालको पारिवारिक जन्मदा खेरिको जातमा परिणत हुनगयो र हिन्दु धर्मको कलंक बन्नपुग्यो । हालका दलितलाई शूद्र वर्ण भन्न मिल्दैन । उनीहरूको शिल्पकारिता, कर्मकौसलता र कर्मशीलता आजका कुनै ब्राह्मण, क्षत्रिय वा वैश्य वर्णका थरभन्दा धेरै माथिल्लो स्तरमा छ । उनीहरू राजनीतिक र समाजिक परिवर्तनका क्रममा शक्तिशाली वर्गहरूले पछाडि पारिएका नागरिक समूह हुन् र ऐतिहासिक रूपले अन्यायमा परेका वर्ग हुन् ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा