विश्वेश्वरप्रसाद केइरालाको ११२औं जन्मजयन्ती मनाइसकेका छौं । यसै सन्दभर्मा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्दै उनीबाट लेखिएका सहित्यका विषायमा केही चर्चा गर्न खोजेको छु । विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्याका एक ज्वाजल्यमान तारा हुन् । कुशल राजनीतिज्ञ भइकन पनि नेपाली साहित्यमा उत्कृष्ट तवरले योगदान दिनु उनको अद्भूत क्षमता हो । उनी आधुनिक नेपाली साहित्यका प्रथम मनोवैज्ञानिक कथाकार हुन् । मुख्यातया कोइरालाले नेपाली आख्यान र उपन्यासमा कलम चलाएको पाइन्छ ।
भारतको बनारसमा विसं १९७१ भाद्र २४ गते जन्मिएका उनी आफ्नो जीवनमा विभिन्न अवरोधका सामना गर्दै अघि बढेको देखिन्छ । नेपाली कांग्रेसका संस्थापक कोइराला २००७ सालमा गृहमन्त्री, २०१५ सालमा संसद् सदस्य र २०१६ सालमा नेपालकै प्रथम जननर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले राजनीति र साहित्यलाई हेर्ने भिन्नै दृष्टिकोण बनाएको पाइन्छ । उनी भन्छन् ‘म साहित्यमा मनुष्यलाई हेर्छु र राजनीतिमा समाजलाई’ कोइरालाका दोषी चश्मा २००६ र श्वेतभैरवी २०४४ कथासंग्रह, तीनघुम्ती २०२५, नरेन्द्र दाइ २०२७, सुम्निमा २०२७, मोदीआइन २०३६, हिटलर र यहुदी २०४२ तथा बाबु-आमा र छोरा २०४५ उपन्यास, विश्वेश्वरप्रसादका कविता र जेलजर्नल २०५४ तथा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त २०५५ जस्ता कृतिहरू प्रकाशन भएको पाइन्छ । उनी विसं २०३८ मा साहित्यिक पत्रकार संघद्वारा अभिनन्दन गएिको थियो भने उनकै सम्मानमा सालिक निर्माण, हुलाक टिकट प्रकाशन र मरणोपरान्त नेपालको सर्वोच्च नागरिक पद नेपाल रत्न प्रदान गरिएको पाइन्छ ।
घटना पढ्दा पाठकको मनमा पनि अर्कै किसिमको हलचल पैदा हुन्छ । यहाँ पात्रको मनभित्र हुने संघर्ष, विभिन्न मानसिक जटिलता, हिनताबोध, उच्चताबोध, मनोद्वन्द आदिको सूक्ष्म विश्लेषण पाइन्छ । मानसिक हिनताबोधको उत्कृष्ट उदाहरण ‘दोषी चश्मा’ नामक कथामा पढ्न सकिन्छ । यसले कथा वा उपन्यासमा पात्रको मनभित्र प्रवेशगरी भित्री मनको तथ्यातथ्यलाई केलाउँछ । उसले किन यस्तो व्यवहार गर्यो ।
कोइरालाका आख्यानगत प्रवृत्ति
विश्वेश्वरप्रसाद कोइराला मूलतः मनोवैज्ञानिक साहित्यकार हुन् । बीपी कोइरालाका साहित्यिक प्रवृत्तिहरूमा फ्रायडीय यौनमनोविज्ञानको केन्द्रीयता, अवचेतन मनको विश्लेषण, दमित कामेच्छा, मानसिक अन्तर्द्वन्द्व, नारी अस्तित्वता, सामाजिक सचेतता, हिनताबोधग्रन्थी, व्यक्तिगत स्वतन्त्रता, रोमाञ्चता आदि प्रमुख तवरले पाइन्छन् । उनी सामान्य घटनालाई पनि विविध दृष्टिकोणबाट विश्लेषण गरी त्यसलाई सहज, सरल र सुबोधगम्य तरिकाले साहित्यिक रंगरोगन गर्नसक्ने सिद्धहस्त प्रतिभा हुन् ।
उनले परम्परागत उपदेशात्मक आख्यानलाई तोडेर क्षिण कथानकभित्र पात्रको आन्तरिक मनको गहिरो विश्लेषण गरेका छन् । पाश्चात्य अस्तित्ववादी दर्शनबाट प्रभावित भएका पात्रहरू सामाजिक मर्यादाभन्दा माथि उठेर आफ्नै खुट्टामा उभिई निर्णय लिन्छन् र त्यसको जिम्मेवारी आफैं बहन गर्छन् । नारी पात्रहरूलाई सामाजिक बन्धन तोड्ने, विद्रोही, र आफ्नो अस्तित्वको निर्णय आफैं गर्नसक्ने सशक्त चरित्रका रूपमा प्रस्तुत गर्नु तथा स्थापित परम्परा र दर्शनमाथि दार्शनिक प्रश्न उठाउनु उनको विशिष्ट प्रवृत्ति हो । उनका कृतिमा सरल कथ्य र आन्तरिक एकलापयुक्त शैलीको प्रयोग पनि पाइन्छ ।
कोइरालाका कृतिहरूमा मनोवैज्ञानिकता
मनोवैज्ञानिक साहित्य भन्नाले मानिसका बाह्य परिवेश, रूप, व्यवहारमात्र नहेरी त्यहाँका पात्रका भित्री मनका मानसिकता, आवेग, रिस, क्रोध, संवेग, अवचेतन मनको अवस्था आदि शरीरका अन्तस्स्करणबाट प्रस्तुत हुने भावहरू व्याप्त भएका रचना हुन् । उनका लेख पनि सामाजिक व्यवहारमा मात्र सीमित नभई मनोवैज्ञानिक तवरले माथि उठेको पाउन सकिन्छ । कोइराला मुख्यतया मनोवैज्ञानिक साहित्यकार हुन् । उनले विक्रम संवत् १९९२ मा ‘चन्द्रवदन’ कथा प्रकाशन गरेर नेपाली आधुनिक साहित्यमा मनोवैज्ञानिक यथार्थवाद सुरु गरेको पाइन्छ ।
मनोवैज्ञानिक रचनाहरूमा बाह्य घटनाको सघनता हुँदैन भने कथानक पनि निकै पातलो हुन्छ । तर यहाँ पात्रको अन्तर्दशाको अत्यन्त गहन रूपमा चिरफार गरिन्छ । घटना पढ्दा पाठकको मनमा पनि अर्कै किसिमको हलचल पैदा हुन्छ । यहाँ पात्रको मनभित्र हुने संघर्ष, विभिन्न मानसिक जटिलता, हिनताबोध, उच्चताबोध, मनोद्वन्द आदिको सूक्ष्म विश्लेषण पाइन्छ । मानसिक हिनताबोधको उत्कृष्ट उदाहरण ‘दोषी चश्मा’ नामक कथामा पढ्न सकिन्छ ।
यसले कथा वा उपन्यासमा पात्रको मनभित्र प्रवेशगरी भित्री मनको तथ्यातथ्यलाई केलाउँछ । उसले किन यस्तो व्यवहार गर्यो । उसको यस्तो निर्णयपछाडी कस्तो अदृश्य भय वा इच्छा लुकेको छ, भन्ने जस्ता कुराको यसले खोजी गर्छ । साथै मानिसका अवचेतन मनमा रहेका दमित यौनेच्छा, मानसिक कुण्ठा, ओडिपस कम्प्लेक्स, अतृप्त चाहना, सामाजिक भय, मानसिक अन्तरद्वन्द्व, आन्तरिक एकालाप आदिको पनि यसले सूक्ष्म अध्ययन गर्छ । ‘ओडिपस कम्प्लेक्स’को उत्कृष्ट नमुना, बाबु-आमा र छोरा उपन्यासमा पाउन सकिन्छ भने अस्तित्ववाद र आन्तरिक संघर्षको उत्कृष्ट नमुना, तीन घुम्ती उपन्यासमा पाउन सकिन्छ ।
उनका कृतिहरूको संक्षिप्त :
उपन्यासहरू
तीन घुम्ती १९६८ यो उपन्यास इन्द्रमाया नामक गरेकी नेवार महिलाको जीवनका तीनवटा क्रान्तिकारी र स्वतन्त्र निर्णयहरू तीन घुम्तीमा आधारित छ । यो कथामा आधारित नेपाली चलचित्र बनेको पनि पाइन्छ ।
पहिलो निर्णय : आमा-बाबुको इच्छाविपरीत अन्तरजातीय प्रेम विवाह ।
दोस्रो निर्णय : क्रान्तिकारी पति जेल पर्दा एक्लोपन र मातृत्वको चाहनामा रमेशसँगको शारीरिक सम्बन्धबाट आमा बन्ने निर्णय ।
तेस्रो निर्णय : पतिले माफी दिने सर्तमा छोरी त्याग्नभन्दा अस्वीकार गर्दै छोरी च्यापेर एक्लै बस्ने निर्णय । यो नारी अस्तित्व र स्वतन्त्रताको एक सशक्त उपन्यास हो ।
सुम्निमा सन् १९६९ यस उपन्यासमा दुई फरक संस्कृति र जीवन दृष्टिको दार्शनिक द्वन्द्व प्रस्तुत गरिएको पाइन्छ । सोमदत्तले प्रतिनिधित्व गर्ने कठोर आध्यात्मिक, बौद्धिक र शारीरिक दमनको आर्य संस्कृति र सुम्निमाले प्रतिनिधित्व गर्ने प्राकृतिक, सहज र जीवनको शारीरिक अस्तित्व स्वीकार्ने किरात संस्कृति । उपन्यासले मानव जीवनको पूर्णताका लागि मन, आत्मा र शरीर दुवैको सन्तुलन, समन्वय आवश्यक छ भन्ने निष्कर्ष निकालेको पाइन्छ ।
नरेन्द्र दाइ सन् १९७० यो परम्परागत नेपाली समाजको पृष्ठभूमिमा रचिएको एक जटिल त्रिकोणात्मक वैवाहिक सम्बन्ध र मानसिक द्वन्द्वको कथा हो । यसमा नायक नरेन्द्र, उनकी आदर्श तथा पतिसेवामा समर्पित पत्नी गौरी र तल्लो जातकी प्रेमिका मुनरियाबीचको भावनात्मक सम्बन्धको सूक्ष्म मनोवैज्ञानिक विश्लेषण गरिएको छ ।
मोदी आइन १९८० यो महाभारतको विनाशकारी युद्धलाई एउटी सामान्य किराना पसलेकी श्रीमती मोदी आइनको पीडादायी दृष्टिकोणबाट पुनर्लेखन गरिएको लघु उपन्यास हो । स्थापित धार्मिक आस्था र युद्धको वीरतामाथि प्रश्न उठाउँदै यसले युद्धको विभीषिका, लाखौं विधवाको पीडा र मानवतावादी शान्तिको वकालत गर्दछ ।
आफ्ना उपन्यास तथा कथाहरूमा दमित कामेच्छा, यौनमनोविज्ञान, नारी स्वतन्त्रता, मानवीय संवेदना, अस्तित्ववादी जीवनदृष्टि र सामाजिक मर्यादाबीचको द्वन्द्वलाई केन्द्रमा राखी अत्यन्तै सूक्ष्म ढंगले प्रस्तुत गरी नेपाली साहित्यलाई नै नयाँ चेतना र नयाँ आयाम प्रदान गरेको पाइन्छ । मानवमनको अँध्यारो कुनासम्म पुगेर त्यसलाई साहित्यको उज्यालोमा ल्याउनु नै कोइरालाको सबैभन्दा ठूलो साहित्यिक उपलब्धि हो ।
बाबु, आमा र छोरा सन् १९८१
यो नेपाली समाजका लागि निकै साहसिक र नौलो विषय ओडिपस कम्प्लेक्स मा आधारित पारिवारिक मनोविश्लेषणात्मक उपन्यास हो । यहाँ एउटै घरभित्र बस्ने वृद्ध पिता, उनकी कान्छी श्रीमती, आमा र जवान छोराबीचको मानसिक छटपटी, अन्तर्द्वन्द्व र जटिल यौनसम्बन्धको यसमा चिरफार गरिएको पाइन्छ । हिटलर र यहुदी सन् १९८३ यो ऐतिहासिक पृष्ठभूमिमा लेखिएको वैश्विक र दार्शनिक उपन्यास हो । यसमा जर्मन तानाशाह एडोल्फ हिटलरको कठोर, निरंकुश र संवेदनहीन अहंकार तथा ग्यास च्याम्बरमा मारिन लागेकी एउटी यहुदी युवतीको अविनाशी मानवीय प्रेम र आन्तरिक अस्तित्ववादी स्वतन्त्रताबीचको द्वन्द्व चित्रण गरिएको पाइन्छ ।
कथासंग्रहहरू
दोषी चश्मा १९४९ बीपी कोइरालाको ऐतिहासिक पहिलो कथासंग्रह हो, जसले नेपाली कथामा फ्रायडीय मनोविश्लेषण र मनोवैज्ञानिक यथार्थवादको बलियो जग बसाल्यो । यसको शीर्ष कथा दोषी चश्माले सामन्ती चाकरी र डरका कारण कसरी व्यक्तिको वास्तविकता बुझ्ने चश्मा धमिलो हुन्छ र मानसिक भ्रम पैदा हुन्छ भन्ने कुरा उत्कृष्ट रूपमा देखाएको पाइन्छ । श्वेतभैरवी १९८३ यो बीपीको कथाकारिताको परिपक्वता झल्किने कथासंग्रह हो । यसमा मानवीयसम्बन्ध, अस्तित्वगत एक्लोपन, कामेच्छाको स्वभाविक बहाव र मानव मनका अनेकौं रहस्यमय र जटिल तहहरूको सफल विश्लेषण पाइन्छ ।
संस्मरण, डायरी तथा आत्मकथा
जेल जर्नल १९९७ यो सुन्दरीजल कारागारमा आठ वर्ष कडा सैनिक हिरासतमा बस्दा कोइरालाले लेखेको डायरी हो । यसमा राजनीतिक आक्रोशभन्दा बढी उनको बौद्धिक एकान्त, साहित्यिक चिन्तन, मानवीय संवेदनशीलता र आन्तरिक स्वतन्त्रताको दार्शनिक रूप समेटिएको पाइन्छ । आत्मवृत्तान्त सन् २०५५ यो बीपीको जीवनको अन्तिम कालखण्डमा व्यक्त गरिएका र रेकर्ड गरिएका मौखिक इतिहासमा आधारित संस्मरण हो । यस कृतिले उनको बाल्यकालको बनारस निर्वासन, राजनीतिक लडाइँ र उनको साहित्यिक तथा वैचारिक चेतनाको निर्माण प्रक्रियालाई जीवन्त रूपमा बुझ्न सघाउँछ ।
निष्कर्ष
सारतस् भन्नु पर्दा बीपी कोइराला नेपाली इतिहासका महान् राजनीतिक नेतामात्र नभएर नेपाली साहित्यलाई बिल्कुलै नयाँ दृष्टिकोण दिने एक कालजयी र क्रान्तिकारी स्रष्टा हुन् । नेपाली आख्यानलाई परम्परागत उपदेशात्मक र सामाजिक घेराबाट मुक्त गरी मानवमनको अवचेतन संसार र मनोवैज्ञानिक यथार्थवादको धरातलमा उभ्याउनु उनको सबैभन्दा ठूलो विशेषता हो । उनले आफ्ना उपन्यास तथा कथाहरूमा दमित कामेच्छा, यौनमनोविज्ञान, नारी स्वतन्त्रता, मानवीय संवेदना, अस्तित्ववादी जीवनदृष्टि र सामाजिक मर्यादाबीचको द्वन्द्वलाई केन्द्रमा राखी अत्यन्तै सूक्ष्म ढंगले प्रस्तुत गरी नेपाली साहित्यलाई नै नयाँ चेतना र नयाँ आयाम प्रदान गरेको पाइन्छ ।
मानवमनको अँध्यारो कुनासम्म पुगेर त्यसलाई साहित्यको उज्यालोमा ल्याउनु नै कोइरालाको सबैभन्दा ठूलो साहित्यिक उपलब्धि हो । उनको साहित्यिक र राजनीतिक व्यक्तित्वको अन्तरसम्बन्धलाई नियाल्दा राजनीतिमा उनले स्वतन्त्र नागरिकको परिकल्पना गरे भने साहित्यमा स्वतन्त्र मानव मस्तिष्कको अन्वेषण गरे । उनका विद्रोही नारी पात्रहरूले परम्परागत पुरुषप्रधान नैतिक मूल्यहरूलाई चुनौती दिँदै नारी अस्तित्व र स्वतन्त्रतालाई नयाँ उचाइ प्रदान गरेका पाइन्छ । समग्रमा बीपी कोइराला हाम्रा एक अमूल्य रत्न हुन् । अतः नेपाली साहित्यमा उनलाई मनोवैज्ञानिक यथार्थवादका अग्रणी, युगप्रवर्तक तथा कालजयी साहित्यकारका रूपमा मूल्यांकन गरिन्छ ।






न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक