कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
मङ्गलबार कपिलवस्तुमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले जलवायु परिवर्तनको असर ठूला राष्ट्रका कारण सिर्जित समस्या भएको दाबी गर्नुभयो । शक्तिशाली राष्ट्रले वातावरण प्रदूषण गरेकाले त्यसको समस्या नेपाललगायतका विकसित देशले बेहोर्नुपरेको बताउनुभयो ।
“पर्यावरणीय न्यायका लागि नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले पाउनुपर्ने क्षतिपूर्ति र न्यायका लागि जोडदार आवाज उठाउनुपर्छ”, अध्यक्ष यादवले भन्नुभयो ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले सरकारको कर नीतिको आलोचना गर्नुभयो । जनतालाई राहत दिनुको सट्टा सरकारले विभिन्न क्षेत्रमा करको भार थपेको उहाँले बताउनुभयो ।
समारोहमा जसपा नेपालका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता थियो । कार्यक्रम जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।






चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना