ललितपुर । जेनजी आन्दोलनका सहिदहरूको अनुहारसँग निर्माण गरिएको सालिक नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरमा रहेको पार्कमा आयोजना गरिएको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जना सहिदको सम्झनामा निर्माण गरिएका सालिकहरू वास्तविक अनुहारसँग नमिलेको परिवारजनको गुनासो छ । सहिद परिवारले सालिकको अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि निर्धारित कार्यक्रम रोकिएको हो ।
कार्यक्रममा सहभागी हुन गृहमन्त्री सुधन गुरुङसमेत सातदोबाटो पुग्नुभएको थियो । तर, सहिद परिवारको विरोध र सालिक सच्याउनुपर्ने मागपछि गृहमन्त्री गुरुङले सालिक अनावरण नगरी फर्किनुभएको बताइएको छ ।
परिवारजनले सहिदहरूको वास्तविक अनुहार र पहिचानसँग मेल खाने गरी सालिक निर्माण गर्नुपर्ने माग गरेका छन् । आफूहरूका परिवारका सदस्यको सम्झनामा बनाइएको सालिक नै वास्तविक स्वरूपसँग नमिल्दा स्वीकार गर्न नसकिने उनीहरूको भनाइ छ ।
सहिद परिवारले सालिकमा आवश्यक सुधार गरी वास्तविक अनुहारसँग मिल्ने बनाएपछि मात्र अनावरण कार्यक्रम गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
४५ जना सहिदको सम्मान र सम्झनामा निर्माण गरिएको उक्त सालिक अनावरण कार्यक्रम स्थगित भएपछि अब सालिकमा सुधार गरिने र नयाँ मिति तय गरेर पुनः अनावरण कार्यक्रम आयोजना गरिने अपेक्षा गरिएको छ ।







बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको