काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाउनुभएको छ।
बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर : सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको दाबी गर्नुभएको हो।
नयाँ सरकार गठन भएपछि सुदन गुरुङ गृहमन्त्री नियुक्त भएको खबर सुन्नासाथ आफूले ओलीलाई तत्काल गिरफ्तार गरिने आशंका गरेको उहाँले बताउनुभयो। त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी रातको समयमा बालकोट क्षेत्र घेराबन्दी गरेर ओली र लेखकलाई पक्राउ गरिएको उहाँको आरोप छ।
उहाँले उक्त घटनालाई प्रतिशोधको राजनीतिका रूपमा व्याख्या गर्नुभयो। शाक्यका अनुसार ओली निवासमा खानतलासी हुने हल्लासमेत फैलाइएको थियो, जसका कारण परिवार र स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको थियो।
कार्यक्रममा शाक्यले भन्नुभयो, ‘खरानी ग्याङको ग्याङले सम्मानको अर्थ नबुझ्नु पनि स्वाभाविकै हो। उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन। दिउँसो सुदन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो रे भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ, अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भनेर।’
उहाँले बालकोटमा भएको घटनाका क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र रातको समयमा पूरै क्षेत्रलाई घेराबन्दी गरिएको दाबीसमेत गर्नुभयो।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न