काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताउनुभएको छ।
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा उहाँले आफूहरू विगतमा पनि नभागेको र भविष्यमा पनि देश छाडेर नभाग्ने बताउनुभएको हो।
अध्यक्ष ओलीले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरू कसैले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो । हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो । हामी अरूले उभ्याएको होइन ।’
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न अध्यक्ष ओली बुधबार बालकोट पुग्नुभएको थियो।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक