हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कारबाही गर्दै प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गरेका बागमती प्रदेशसभाका चार सदस्यलाई पदमुक्त नगर्ने निर्णय भएको छ।
प्रदेशसभाकी उपसभामुख एवं कार्यवाहक सभामुख अप्सरा चापागाईंले बुधबार राप्रपाका प्रदेशसभा सदस्य उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त नगर्ने निर्णय गर्नुभएको हो।
विष्ट, तामाङ र प्रजापति हाल बागमती प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यरत छन्।
राप्रपा केन्द्रीय कार्यालयले पार्टीको निर्देशनविपरीत प्रदेश सरकार गठनमा सहभागी भएको भन्दै थापासहित चारै जनालाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई गत ८ भदौमा पत्र पठाएको थियो।
तर, कार्यवाहक सभामुख चापागाईंले उक्त सिफारिसअनुसार उनीहरूलाई पदमुक्त नगर्ने निर्णय गर्नुभएको हो। यससँगै राप्रपाको कारबाही सिफारिसका आधारमा उनीहरूको प्रदेशसभा सदस्य पद तत्काल कायम रहने भएको छ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई