काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुदमा तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएको हो । उहाँ नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टिडी) समेत हुनुहुन्छ । उहाँ एटियु एसियन गेम्स रेफ्री एडुकेसन एण्ड रिजनल ट्रेनिङ क्याम्पमा सहभागी हुन मंगलबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्नुभएको छ ।
शिवाकोटीले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि सन् २०२४ सेप्टेम्बर १७ देखि २५ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै उहाँले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा आफ्नो स्थान बनाउनुभएको थियो ।
शिवाकोटीले अष्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्याण्ड, श्रीलंका, बंगलादेश, मंगोलिया र भारतमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँको अन्तर्राष्ट्रिय निर्णायक यात्रामा पछिल्लो समय महत्त्वपूर्ण प्रतियोगिताहरू थपिँदै गएका छन् । सन् २०२६ मा अष्ट्रेलियाको गोल्डकोस्टमा भएको डब्लुटी प्रेसिडेन्ट्स कप (जी-३) ओपन तेक्वान्दो प्रतियोगितामा पनि शिवाकोटीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैगरी, सन् २०२६ मेमा मंगोलियाको उलानबटारमा भएको २७औँ एसियन तेक्वान्दो च्याम्पियनसिप, नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औँ एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आइची-नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उहाँले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
शिवाकोटीको अन्तर्राष्ट्रिय यात्रामा थाइल्याण्डको बैंककमा भएको चौथो हिरोज तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिप पनि जोडिएको छ । त्यहाँ उहाँ खेलाडीका रूपमा सहभागी हुनुभएको थियो र मास्टर टिम पुम्सेमा कांस्य पदक जित्नुभएको थियो । उहाँको प्राविधिक दक्षतालाई थप जिम्मेवारी दिँदै एसियन तेक्वान्दो युनियन (एटियू) ले शिवाकोटीलाई सन् २०२६ का लागि आफ्नो टेक्निकल कमिटी सदस्यमा नियुक्त गरेको थियो ।
शिवाकोटीले सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलस्थित कोरिया नेसनल स्पोर्ट्स एकेडेमीमा आयोजना भएको एटियू रेफ्री एजुकेसन कोर्समा पनि सहभागिता जनाउनुभएको थियो । एसियाका ४० राष्ट्रका करिब एक सय रेफ्री सहभागी उक्त प्रशिक्षणमा विश्व तेक्वान्दोले परिमार्जन गरेका नयाँ नियमबारे प्रशिक्षण दिइएको थियो । ती नियम सन् २०२६ जनवरी १ देखि लागू भएका छन् र एसियाली क्षेत्रमा आयोजना हुने प्रतियोगितामा प्रयोग हुँदै आएका छन् ।







पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८