काठमाडौं । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा तीन विधामा ४४ टिमको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाईस्कुलका प्राचार्य छत्रमणि राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
सिनियर ब्वाइजमा १५, गर्ल्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले प्रतिस्पर्धा गर्नेछन् । तीनै विधाका सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहमा शीर्ष २ स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्नेछन् । गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा माफमा आबद्ध विद्यालयका टिमको मात्र सहभागिता रहनेछ । माफमा १६ विद्यालय आबद्ध छन् ।
प्रिन्सिपल राईले विद्यालय तहमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्नुका साथै विद्यालयमा रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान, क्षमता विकास र खेलप्रतिको रुचि अभिवृद्धि गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताउनुभयो । माफले वार्षिक कार्यक्रमअनुसार बास्केटबल, भलिबल, फुटसल प्रतियोगितासहित विविध अतिरिक्त क्रियाकलापका प्रतिस्पर्धा गराउँदै आएको छ । खेलहरू काठमाडौं महानगरपालिका–६, सरस्वतीनगरस्थित गोल्डेनपिककै कोर्टमा खेलाइनेछ ।







१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ