काठमाडौं । डब्लुटिटी युथ कन्टेन्डर बैंककमा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय नेपाली टेबलटेनिस टोली मंगलबार थाइल्याण्डको बैंकक पुगेको छ । सेप्टेम्बर ९ देखि १२ तारिखसम्म बैंककस्थित फेसन आइल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दुई ब्वाइज र चार गर्ल्स खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
ब्वाइजतर्फ सुगम पौडेल र निरभ महर्जन तथा गर्ल्सतर्फ सुस्मिता खड्का, प्राज्ना महर्जन, उरवी सुवाल र आभा प्रधानले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । नेपाली खेलाडीहरूले यू-१९ गर्ल्स सिंगल्स, यू-१७ ब्वाइज सिंगल्स, यू-१५ ब्वाइज तथा गर्ल्स सिंगल्स, यू-१३ गर्ल्स सिंगल्स र यू-१५ मिक्स्ड डबल्स विधामा प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा राकेश महर्जन रहनुभएको छ । प्रशिक्षक महर्जनका अनुसार प्रतियोगितामा २६ राष्ट्रका खेलाडीको सहभागिता रहेको छ ।
अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगिताले नेपाली युवा खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव हासिल गर्नुका साथै आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।







झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,