काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै नेपाली कांग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता हुने बताउनुभयो।
कोइरालाले कांग्रेस अहिले अप्ठ्यारो अवस्थामा रहेको र पार्टी विभाजनको सम्भावनासमेत देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। यद्यपि सबै पक्षलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, ‘पार्टीलाई एकजुट पारौँ। आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ। यो अधिवेशनलाई सफल पारौँ। यो सफलता नै नेपाली कांग्रेसको सफलता हो र राष्ट्रको सफलता हो। लोकतन्त्रको सफलता हो। हामीले बनाएको संविधानको सफलता हो।’
पार्टी टुक्रिन सक्ने सम्भावना देखिएको उल्लेख गर्दै उहाँले सबै पक्षलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
‘पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु। तर हाम्रो प्रयास रहन्छ कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ। यसैमा हाम्रो भलाई छ,’ उहाँले भन्नुभयो।
पार्टीभित्र पछिल्लो समय देखिएको विवाद र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोइरालाले कांग्रेसको एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न