धनगढी । आफूलाई वन अधिकृत भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ का २५ वर्षीय दिपेश चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा पारी उनका घरपरिवारका सदस्य तथा नातेदारलाई समेत वन कार्यालयमा करारमा जागिर लगाइदिने भन्दै प्रलोभन देखाएका थिए।
प्रहरीका अनुसार चौधरीले आफू वन अधिकृत भएको भन्दै नक्कली परिचयपत्र तथा नियुक्तिपत्रसमेत तयार गरी विभिन्न व्यक्तिबाट रकम लिने गरेका थिए।
प्रहरीले चौधरीलाई धनगढी उपमहानगरपालिका–३ स्थित डिभिजन वन कार्यालय कैलाली जाने सडकखण्डबाट पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक