काठमाडौँ । नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले उद्योगी–व्यापारीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई तत्काल पदबाट हटाउन माग गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले उद्योगी–व्यापारीलाई अपमान गर्ने गरी मन्त्रीबाट अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताउनुभएको हो। उहाँले मन्त्री यादवलाई निलम्बन गरी कानुनी कारबाहीसमेत गर्नुपर्ने माग गर्नुभएको छ।
आचार्यले अर्बौं रुपैयाँ कर तिर्ने तथा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो। संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न तथा पेसा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उद्योगी–व्यवसायीलाई पनि सम्मानजनक रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ।
कर छली वा प्रचलित कानुन उल्लङ्घन गरेको अवस्थामा उद्योगी–व्यापारीलाई पनि अन्य नागरिकसरह कानुनबमोजिम कारबाही गर्नुपर्ने तर त्यसका नाममा समग्र उद्योगी–व्यवसायीलाई अपमान गर्न नहुने उहाँले बताउनुभयो।
आचार्यले जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक तथा तोडफोडका घटनाको समेत निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो। आन्दोलनका नाममा सार्वजनिक संरचनामा भएको क्षति र आगजनी उचित नभएको भन्दै उहाँले यसबारे पुनः अनुसन्धान गर्नुपर्ने बताउनुभयो।
उहाँले जेन–जी आन्दोलनको मूल मर्म र भावनालाई समेत सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी आचार्यले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। सर्वसाधारण, उद्योगी–व्यापारी, मजदुर तथा विद्यार्थीले आवश्यक परेको समयमा सहज रूपमा ग्यास खरिद गर्न पाउने वातावरण निर्माण गर्नसमेत उहाँले माग गर्नुभएको छ।







सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडाैं सडकमा सवारीको
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको
५३ हजार बढी ग्यास सिलिन्डर
तरकारीको विषादी परीक्षण बढाइँदै
जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र