गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छत्रकोट गाउँपालिका–५ मानकोट भ्यूडाँडाका बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजाली रहेका छन्।
घरेलु हतियार निर्माण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला परेको थियो।
त्यसै क्रममा कामीका छिमेकी झुमिला विकको घरमा रहेको आरनबाट एक थान भरुवा बन्दुक तथा कामीसँग बन्दुक खरिद गरेको भनिएका प्रेमबहादुर सिँजालीको घरगोठबाट थप एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
प्रहरीले उनीहरूबाट दुई थान भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी तथा बट आठ थान, काठका बट पाँच थान, फलामका गोली–छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद तथा टिनका बाकसभित्र राखिएका हतियारका पाटपुर्जा बरामद गरेको जनाएको छ।
त्यस्तै हतियार निर्माणमा प्रयोग हुने किटको आरनपङ्खा दुई थान, गेलेन्डर मेसिन एक थान, ड्रिल मेसिन एक थान, वेल्डिङ मेसिन एक थान, भाइब्रेसन मेसिन दुई थान तथा आरी, बसुला, गिलास, पन्चकस, कैँची र हथौडालगायतका औजारसमेत बरामद गरिएको सूचना अधिकारी विश्वकर्माले बताउनुभयो।
प्रहरीले उनीहरूको साथबाट जङ्गली जनावरका हड्डी तथा पाँच वटा छालासमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।







कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदको प्रश्न
रसुवा भोर्ले बजारको पहिरो हटाइयो,
आरआर क्याम्पसको गेटमै विद्यार्थीले दाउरामा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
नयाँ शैली र कलाकारसहित फेरि
फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको