हेटौँडा । जेन्जी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागार र बाल सुधारगृहबाट फरार भएका ५१२ जनामध्ये १२७ जना अझै सम्पर्कविहीन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आन्दोलनका क्रममा भीमफेदी कारागारबाट ४४० जना कैदी फरार भएका थिए । तीमध्ये ३१८ जना पक्राउ परिसकेका छन् भने १२२ जना अझै फरार रहेका छन् ।
कारागारबाट फरार भएकामध्ये ४०२ जना स्वदेशी र ३८ जना विदेशी नागरिक रहेका थिए । पक्राउ पर्नेमा ३०० जना स्वदेशी र १८ जना विदेशी छन् भने अझै फरार रहेकामा १०२ जना स्वदेशी र २० जना विदेशी नागरिक छन् ।
त्यस्तै, बाल सुधारगृहबाट ७२ जना बाल बिज्याइँकर्ता फरार भएका थिए । तीमध्ये ६७ जना पक्राउ परिसकेका छन् भने ५ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाल सुधारगृहबाट फरार हुनेमा ७० जना स्वदेशी र २ जना विदेशी थिए । पक्राउ पर्नेमा ६५ जना स्वदेशी र २ जना विदेशी छन् भने फरार रहेका पाँचै जना स्वदेशी रहेको प्रहरीले जनाएको छ ।
यसरी हेर्दा भीमफेदी कारागार र बाल सुधारगृहबाट गरी कुल ५१२ जना फरार भएकोमा ३८५ जना पक्राउ परिसकेका र १२७ जना अझै फरार रहेका छन् ।






विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको