काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ ।
मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो ।
मन्त्री यादवले हिजो मात्रै संसदीय समितिको बैठकमा ग्यास अभावको जिम्मेवारी उद्योगीहरूलाई दिँदै कर्मचारीबाट समेत आफूलाई पर्याप्त सहयोग नभएको बताउनुभएको थियो ।
उद्योगीहरूलाई कारबाही गर्ने तथा ग्यास उद्योगीको लाइसेन्ससमेत खारेज गर्नेसम्मको चेतावनी दिनुभएपछि उहाँको अभिव्यक्तिप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए । व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत फोन गरी उक्त अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको बताइएको छ ।







म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा