काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा स्थान सुरक्षित गरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थान हासिल गर्ने टोली इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुने व्यवस्था छ । नेपाल दोस्रोपटक यस प्रतियोगितामा छनोट भएको हो ।
नेपाल भने आगामी सिनियर एसिया कपका लागि अझै छनोट हुन बाँकी छ । सिनियर एसिया कपमा स्थान सुरक्षित गर्न नेपालले शनिबार हुने प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्नुपर्नेछ ।
नेपाल र युएईले बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै प्रिमियर कपको फाइनलमा स्थान बनाउनुभएको हो । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले तथा युएईले हङकङलाई सात विकेटले पराजित गरेको हो ।
नेपाल दोस्रोपटक तथा युएई तेस्रोपटक प्रिमियर कपको फाइनल खेल्ने तयारीमा छन् ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर