काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जेनजी आन्दोलनका क्रममा भएको क्षति र शहीद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताउनुभयो ।
सांसद खातुनले आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि शहीद परिवार पीडामा रहेको उल्लेख गर्दै उनीहरूले न्याय कहिले पाउने भन्ने प्रश्न गर्नुभयो । उहाँले आन्दोलनका क्रममा युवाहरूले उठाएका मागलाई सरकारले अझै सम्बोधन गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।
आन्दोलनका क्रममा ध्वस्त भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो ।
“शहीदको रगतमा राजनीति गर्न पाइँदैन । जसको भूमिका प्रमाणित हुन्छ, उसले पदबाट राजीनामा मात्र होइन, पहिला जवाफदेहिता रोज्नुपर्छ,” उहाँले भन्नुभयो, “हामीले आन्दोलनको माग सुन्यौँ, युवाहरूको आक्रोश सुन्यौँ, तर एक वर्षपछि पनि शहीद परिवारको आँखामा आँसु छ, मनभरि पीडा छ । शहीद परिवारले न्याय कहिले पाउने सरकार ?”
उहाँले आन्दोलनका क्रममा ध्वस्त भएका सम्पत्तिको क्षतिपूर्ति राज्यले दिने हो वा दोषी पक्षले व्यहोर्ने हो भन्ने विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
“खरानी बनेको देशलाई कहिले सुन्दर बनाउने ? व्यक्तिको सम्पत्ति ध्वस्त भएको छ, त्यसको हर्जाना राज्यले दिने हो कि विभिन्न दोषी समूहले दिने हो ? पीडितहरूले माग गर्न थालेका छन्,” उहाँले भन्नुभयो ।
सांसद खातुनले जेनजी युवाहरूको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै यसलाई राज्यको जवाफदेहितासँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।
उहाँले बालबालिका तथा युवाहरूलाई जोखिममा पारेर राजनीतिक नेतृत्वले बाहिरबाट तमासा हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । युवाहरूको बलिदान र आन्दोलनबाट उठेका प्रश्नको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो ।







पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर