काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मन्त्री पोखरेलले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ६ देखि १० गतेसम्म सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको छ ।’ यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल जाने तय भएको थियो । भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको छ ।
यसैगरी, सरकारले भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल-भारत अन्तर-सरकारी उपसमिति (आइजिएससी) को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । यसले मिटरब्याजबाट पीडित नागरिकलाई न्याय दिलाउन आवश्यक कानुन निर्माणको बाटो खुला गरेको छ ।
त्यस्तै, भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा विभिन्न पाँच जिल्लाका गरिब घरपरिवारको सूची सरकारले स्वीकृत गरेको छ । ‘काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत भएको छ,’ मन्त्री पोखरेलले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ । आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गरिएको छ । त्यसैगरी, सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रशासनिकतर्फ सरकारले दुईजना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । मन्त्रिपरिषद्ले सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.