बा तिम्रो सहारा म छु है अब चिन्ता नगर
तिम्राे जिम्मेवारी उठाउन यी हातहरु दरिदै छन्
तिम्राे बाेझ कम गर्न यी काँधहरु दरिदै छन्
भनेर बालाई झ्याप्प अंगालो मारेर भन्न नपाउँदै बा बितेर गए ।
जसरी मेरो हात समाएर ताते ताते गराएका थियौ
त्यसैगरि तिम्रो हात समाएर संसार घुमाउनु थियो
मेरो बच्पनमा जस्तै तिम्रो बुढ्यौलीमा रमाउनु थियो
जसरी कैले घरमा बाबा आउँछन भनेर तिमी आउँदा म रमाउथेँ
त्यसैगरी म घरमा आउँदा तिमी रमाएको हेर्न मन थियो
भनेर भन्न नपाउँदै बा बितेर गए... !
बुढेशकालको साहारा होस् तँ मेरो भन्थ्यौ
चार धाम तिर्थयात्रा गराउन मन थ्यो
दैवको लीला भाविको खेल ...
बा काममा फुर्सद पाएको छु, अब तिर्थ जाम है
भनेर भन्न नपाउँदै बा बितेर गए......!
तिमिले मेरो काखमा अन्तिम सास फेरिरहँदा
मैले एकोहोरो तिम्रो अनुहारमा हेरिहँदा
कति कहालिएको थिएँ, कति चिच्याएको थिएँ
तिमी फर्किन्छौ की भनेर,
आत्तिदै एक घुट्को सुनपानीे मुखमा हालिदिने बित्तिकै
बा बितेर गए ।
तिम्रो ओठमा अन्तिमपटक सुनपानीको एक घुट्को सँगै
सायद मेरो जिन्दगीको एउटा ठुलो हिस्सा पनि
तिमीसँगै गयो, तिमीले मेरो काखमै
अन्तिम सास फेर्यौ ।
अनि म
तिम्रो छातीमा कान राखेर
फेरि धड्कन्छ कि तिम्रो मुटु भनेर सुनिरहेँ ।
तिम्रो नाडी समातेँ अनि तिम्रो अनुहार छोएँ ।
बा भनेर बोलाएँ, चिच्याएर तर
तिमी बाेलेनाै, तिमी फर्किएनौ ।
तिमी संसारबाट बितेर गए पनि
मेरो सम्झनाबाट बितेर गएका छैनौ ।
तिमी त
मेरो मुटुको त्यही कुनामा बसेका छौ
जहाँ मृत्युले पनि भेट्न सक्ने छैन ।
तर पनि
आज तिमीलाई सम्झिन कुशे औँशी कुर्नु पर्छ
या तिमीले अन्तिम सास फेरेको तिथी घुर्नु पर्छ
अनि बा, जहाँ भए पनि एकपटक हेर्नू है,
तिमिले हुर्काएको छोरा
अझै तिमिलाई सम्झिरहन्छ ।
कुशे औँशीमै भएपनि, तिम्रो श्राद्धमै भएपनि ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक