काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्तीका क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका हुन् ।
त्यस्तै, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ देवीनगरस्थित बसपार्कबाट एक तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार र पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट एक/एक जना पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरामद गरेको जनाएको छ ।







बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या