काठमाडौं । नेपाली निर्देशक विकास सुवेदीको चलचित्र ‘शिरजरा : द सङ्ग अफ ग्रान्ड मदर’ जापानको प्रतिष्ठित टोकियो फिल्म ग्याप फाइनान्सिङ मार्केटमा छनोट भएको छ । टोकियो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलअन्तर्गत आयोजना हुने फिल्म निर्माण तथा लगानी बजारमा विश्वभरबाट प्राप्त सयौँ आवेदनमध्ये ‘शिरजरा’ उत्कृष्ट २४ परियोजनामा परेको हो ।
निर्माण पक्षका अनुसार नेपाल तथा भारतसहित सम्पूर्ण दक्षिण एसियाबाटै ‘शिरजरा’ छनोट हुने एक्लो फिल्म हो । कान्स, बर्लिन र भेनिसजस्ता प्रतिष्ठित महोत्सवमा सहभागी भइसकेका फिल्मकर्मी तथा निर्माण कम्पनीका परियोजनासँगै नेपाली फिल्म छनोट हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
किङ्डम नेटवर्कको निर्माणमा बन्न लागेको फिल्मले कृत्रिम बौद्धिकता (एआई), मानव संवेदना, प्रकृति र पुर्ख्यौली चेतनाबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ । करिब पाँच हजार मिटर उचाइको हिमाली यात्राको पृष्ठभूमिमा आधुनिक प्रविधिको सीमासँगै मानवीय संवेदना र पुर्खाको ज्ञानको खोजीलाई फिल्मले प्रस्तुत गर्ने जनाइएको छ ।
टोकियो बजारमा छनोट भएपछि फिल्मको टोलीले अन्तर्राष्ट्रिय वितरक तथा युरोपेली सह-निर्मातासँग फिल्मको निर्माण, सह-निर्माण र विश्वव्यापी प्रदर्शनबारे छलफल गर्ने अवसर पाउनेछ ।
यसअघि सन् २०२० मा निर्देशक मीनबहादुर भामको ‘शाम्बाला’ पनि टोकियो फिल्म बजारमा छनोट हुँदै उत्कृष्ट परियोजनाको पुरस्कार जितेको थियो ।







सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,