काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रियापछि फिल्मको काममा फर्किनुर्भको छ । अपरेशनको दुई महिनापछि उहाँले शुक्रबारदेखि वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’को डबिङ सुरु गर्नुभएको हो ।
डबिङका क्रममा दीपाश्रीले निर्देशक निरौलासहित रेकर्डिस्ट, प्राविधिक तथा कर्मचारीसँग भेटघाटसमेत गर्नुभएको छ । काली रानी फिल्मस्को ब्यानरमा निर्मित यो चलचित्र तिहारमा प्रदर्शनमा आउने तयारीमा छ ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला लगायतका कलाकारको अभिनय छ । यस्तै, दीपाश्रीसहित सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपानेको चलचित्र अभिनय छ ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने बताइएको छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी