काठमाडौं । चलचित्र ‘जलाकी’बाट नेपाली चलचित्रमा डेब्यू गर्न लाग्नुभएकी साहारा हाङमा लिम्बुको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । बुवाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले उहाँको सोलो पोस्टर सार्वजनिक गरेको हो ।
चलचित्रको शीर्ष अभिनेत्री साहारा पोस्टरमा मगर पोशाकमा सोचमग्न देखिनुभएको छ । आधुनिक सोच र स्वतन्त्रता रुचाउने युवतीको भूमिकामा प्रस्तुत हुनुभएकी साहाराले ‘जलाकी’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउनुभएको छ ।
मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिनुभएकी साहारा अडिसनमार्फत चलचित्रमा छनोट हुनुभएको हो । उहाँले मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२ को उपाधिसमेत जित्नुभएको छ ।
‘जलाकी’को छायांकनकै क्रममा सडक दुर्घटनामा बुवाको निधन भएपछि साहाराले चार दिनमै पुनः सुटिङमा फर्किएर काम पूरा गर्नुभएको थियो ।
बुवाले आफूलाई अभिनेत्री बनेको हेर्ने सपना देखेकाले त्यसलाई पूरा गर्न आफू काममा फर्किएको उहाँले बताउनुभएको छ । अशोक थापामगर निर्देशित ‘जलाकी’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।







बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै