काठमाडौं । तीजमा नेपाली संगीत संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण सम्पन्न भएको छ । बानेश्वरस्थित क्रिष्टल पार्टी भेन्युमा आयोजित समारोहमा विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा प्रिती आले उत्कृष्ट तीज दोहोरी गायिका र खुमन अधिकारी उत्कृष्ट दोहोरी गायक घोषित हुनुभयो । दुवैले ‘खाडी जानेलाई बोल’ गीतबाट अवार्ड जित्नुभएको हो । त्यस्तै, ‘तीजको लहर आउँदा बरिलै’ बाट पुजन काफ्ले उत्कृष्ट मौलिक तीज गीत गायिका बन्नुभयो ।
‘रानीहार’ र ‘तीन बहिनी’ गीतले तीन-तीन विधामा अवार्ड जित्दै ह्याट्रिक गरे। ‘रानीहार’ बाट किशोर थापा, शंकर थापा ‘स्माइल’ र संगीता भण्डारी तथा ‘तीन बहिनी’ बाट रामकृष्ण बममल्ल, विष्णु शर्मा र आरती परियार, तनुजा शाही तथा पार्वती आचार्यले विभिन्न विधामा अवार्ड हात पार्नुभयो ।
समारोहमा ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ बाट वरिष्ठ गायिकाद्वय यशोदा पराजुली र टिका पुनसहित कला, साहित्य, चलचित्र, पत्रकारिता, फेसन, सामाजिक सेवा तथा राष्ट्रिय सेवामा योगदान पुर्याउने विभिन्न महिलालाई सम्मान गरिएको थियो ।
आर्टिष्ट अफ नेपालको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको समारोहमा प्रतिष्ठित गायिका मिरा राणा प्रमुख अतिथि हुनुहुन्थ्यो भने आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले सभापतित्व गर्नुभएको थियो । कार्यक्रममा कलाकार तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.