पर्सा । स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लकाअनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना-१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका रु ५०० दरका ८९१ थान, रु २०० दरका नोट र रु १०० दरका ४३ थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा