सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकताअनुसार बजेट निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अघि बढाउन आर्थिक मामिला मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
“बजेट होलिडेको अवस्था रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ,” उहाँले भन्नुभयो, “यस प्रक्रियालाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै आवश्यक संशोधन तथा परिमार्जन गरी अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने निर्णय भएको छ ।”
यसैगरी, विगत १० महिनादेखि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत वैकुण्ठप्रसाद अर्यालको सरुवा भएकामा मन्त्रिपरिषद् बैठकले धन्यवाद ज्ञापन गर्दै उहाँको आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन