काठमाडौँ । नेपालले एसीसी पुरुष प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो ।
नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २६७ रन बनाएपछि नेपाल ४६ रनले विजयी भएको हो ।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्नुभएको थियो । उहाँले १०६ बलमा १०२ रन बनाउनुभएको थियो ।
सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।







हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण
भम्लु खोलामा सुख्खा पहिराले कर्णाली
भोटेकोशी बाढी : लुम्बिनीका २४८