काठमाडौँ। खाना पकाउने ग्यासको अभाव तथा बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा (बहुमत)ले थालमा काँचो चामल राखेर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
शनिबार काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा सहभागीले खाली थाल बजाउँदै तथा विभिन्न नारासहितका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लामो समयदेखि देखिएको खाना पकाउने ग्यासको अभाव समाधान गर्न नसकेको भन्दै प्रदर्शनकारीले तत्काल ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन र बढ्दो महँगी नियन्त्रण गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागीले ‘दुई तिहाइको सरकार, चार तिहाइको संकट’, ‘भोको पेटले के भन्छ ? भरी ग्यास दे भन्छ’, ‘खै ग्यास बालेनले लुकायो, खै बालेन माफियाले डुबायो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।









तस्बिर : नेपाल फोटो लाइब्रेरी







देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार