काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल, निस्ट र ड्याफोडिलले प्रथम आइडब्लुएस बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । संस्कृति सिनियर ब्वाइज, निस्ट सिनियर गर्ल्स र ड्याफोडिल जुनियर ब्वाइजमा पहिलो भए । बुढानीलकण्ठस्थित आयोजक इम्पेरियल वर्ल्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा संस्कृतिले निस्टलाई ६२-२९ ले पराजित गर्यो । संस्कृतिका अभिग्न श्रेष्ठले १९ अंक जोड्नुभयो ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा निस्टले काष्ठमण्डप विद्यालयलाई २८-२४ ले हरायो । निस्टकी श्रृतु रिसाल र मानस्वी विष्टले समान आठ-आठ स्कोर गर्नुभयो । जुनियर ब्वाइजको रोमाञ्चक फाइनलमा ड्याफोडिलले प्रिमियर इन्टरनेसनललाई २८-२७ को झिनो अन्तरले पाखा लगायो । ड्याफोडिलका पेम्बाले १७ अंक बटुल्नुभयो । खेल सकिन तीन सेकेण्डमात्र बाँकी छँदा ड्याफोडिल समग्रमा दुई अंकले पछि थियो । त्यही बेला पेम्बाले तीन स्कोर गर्दै ड्याफोडिललाई समग्रमा एक अंकको अन्तरले जिताउनुभयो ।
सिनियर ब्वाइजमा संस्कृतिका अभिग्न श्रेष्ठ, सिनियर गर्ल्समा निस्टकी मानस्वी विष्ट र जुनियर ब्वाइजमा ड्याफोडिलका पेम्बा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । अभिग्न सर्वाधिक स्कोरकर्ता र पेम्बा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ पनि चुनिनुभयो । सिनियर ब्वाइजमा निस्टका समिन डि कार्की तथा सिनियर गर्ल्समा निस्टकी श्रृतु रिसाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ ठहरिनुभयो । सिनियर गर्ल्समा काष्ठमण्डपकी आराध्या ओझा तथा जुनियर ब्वाइजमा प्रिमियरका अदिश प्रधानांग सर्वाधिक स्कोरकर्ता हुनुभयो ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, इम्पेरियलका अध्यक्ष कुमार कार्की र प्रिन्सिपल जुनिता कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको तीनै विधा समान आठ-आठ टिमले प्रतिस्पर्धा गरेको इम्पेरियलका स्टुडेन्ट्स इन्रिचमेन्ट को–ओर्डिनेटर रविन सुवेदीले जानकारी दिनुभयो ।







कति छ आज विदेशी मुद्राको
बाजुराका आमाको व्यथा : बाटामै
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
देशभर मनसुनी वायुको प्रभाव, अधिकांश
भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक