काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगलाले ३२ औँ स.बल ज्ञान कार्निभलमा दोहोरो उपाधि जितेका छन् । ज्ञानोदय बास्केटबलको ब्वाइज/गर्ल्स दुवैमा च्याम्पियन बन्यो । फुटबलमा दोहोरो उपाधि जित्न सफल रातो बंगला ब्वाइज/गर्ल्स दुवैमा विजेता भयो । बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको बास्केटबल फाइनलमा ज्ञानोदयले लिटिल एञ्जल्स (एलए) लाई ५६-४४ ले पराजित गर्यो । ज्ञानोदयको जितमा साइमन क्षेत्रीले २१ अंक योगदान गर्नुभयो ।
गर्ल्सको उपाधि भिडन्तमा सुवेक्षा बज्राचार्यको ११ अंक सहयोगमा ज्ञानोदयले मल्पी इन्टरनेसनल स्कुललाई १६-१५ को साँघुरो अन्तरले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय साइमन र सुवेक्षा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । ब्वाइज फुटबल फाइनलमा रातो बंगलाले आयोजक ज्ञानोदयलाई ३-२ गोलले पाखा लगायो । रातो बंगलाका सिद्धान्त राईले २ गोल गर्नुभयो । बाँकी एक गोल आत्मघाती थियो । ज्ञानोदयका प्रकाश थापाले २ गोल फर्काउनुभयो ।
गर्ल्सको फाइनलमा रातो बंगलाले एभिएमलाई २-० गोलले पन्छायो । श्रीयुक्ति शाह र प्रशंसा कंसाकारले गोल गर्नुभयो । स.बलको मुख्य प्रायोजन तथा सफल दूध र फन पार्टनर चोकोफन क्रसको सह-प्रायोजनमा भएको प्रतियोगिताको फुटबलमा रातो बंगलाका खेलाडीद्वय सिद्धान्त र श्रीयुक्ति उत्कृष्ट खेलाडी घोषित हुनुभयो । विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु ए, स.बल फाउण्डेसनका अध्यक्ष सतिश जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज/गर्ल्स बास्केटबलमा समान आठ-आठ टिम सहभागी थिए । फुटबलको ब्वाइजमा नौ तथा गर्ल्समा ६ टिमले भाग लिएका थिए ।







सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको
५३ हजार बढी ग्यास सिलिन्डर
तरकारीको विषादी परीक्षण बढाइँदै
जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र
मधेश प्रदेशमा छ वर्षमा २८
रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे