काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारलाई आफ्नो आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ । यस साझेदारी सम्झौतामा गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गर्नुभयो ।
सम्झौतासँगै गोल्डस्टारले एनपिएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्सलाई आधिकारिक फुटवेयर साझेदारका रूपमा साथ दिनेछ । दुवै पक्षले नेपाली खेलकुद र घरेलु क्रिकेटको व्यावसायिक विकासमा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणाले गोल्डस्टारले नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
‘गोल्डस्टारले यसअघि धनगढी प्रिमियर लिग (डिपिएल) मार्फत् पनि नेपाली क्रिकेटमा लगानी गरेको थियो । सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारी त्यसै यात्राको निरन्तरता हो । नेपाली क्रिकेटको व्यावसायिक विकास र नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिने अभियानमा हामी रोयल्ससँग सहयात्री बनेकोमा उत्साहित छौं’, राणाले भन्नुभयो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले यो साझेदारीले नेपाली ब्राण्ड र नेपाली क्रिकेटबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताउनुभयो । ‘गोल्डस्टार जस्तो स्थापित नेपाली ब्राण्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रा लागि गर्वको विषय हो । तेस्रो संस्करणमा मैदानभित्रको प्रदर्शनसँगै व्यावसायिक रूपमा पनि बलियो यात्रा तय गर्ने हाम्रो लक्ष्य छ र यो साझेदारी त्यस दिशामा महत्त्वपूर्ण कदम हुनेछ’, खड्काले भन्नुभयो ।







एसीसी प्रिमियर कप क्रिकट :
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा
फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ
कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदको प्रश्न
रसुवा भोर्ले बजारको पहिरो हटाइयो,
आरआर क्याम्पसको गेटमै विद्यार्थीले दाउरामा