काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित तीन नेपाली खेलाडी बंगलादेशी क्लबमा अनुबन्ध हुनुभएको छ । क्लबका अनुसार उहाँसहित मिडफिल्डर मनिष डाँगी र डिफेन्सिभ मिडफिल्डर रोहित चन्द अनुबन्ध हुनुभएको हो । तीन जना नै शनिबार बंगलादेश प्रस्थान गर्नुभएको छ । अञ्जनले यसअघि नै बंगलादेशी क्लबबाट खेलिसक्नुभएको छ ।
उहाँले २०२४ मा फर्टिस एफसीबाट खेल्नुभएको थियो । गत सिजन भने उहाँ ब्रदर्स युनियनमा अनुबन्ध हुनुभएको थियो । तर, राष्ट्रिय लिग सुरु हुनेबित्तिकै उहाँ बंगलादेशी लिग छाडेर नेपाल फर्किनुभएको थियो । उहाँले यसै वर्ष भारतको थन्डरबोल्ट्स नर्थ युनाइटेडबाट पनि खेल्नुभएको थियो ।
यस्तै, मनिष भने पहिलोपल्ट बंगलादेश जान लाग्नुभएको हो । रोहित भने इण्डोनेसियाली क्लबसँगको लामो सम्बन्ध तोड्दै बंगलादेश लाग्नुभएको हो । उहाँ करिब एक वर्षदेखि क्लबविहीन हुनुहुन्थ्यो । योसँगै बंगलादेशी लिग खेल्ने नेपाली खेलाडीको संख्या पाँच पुगेको छ । यसअघि नै मिडफिल्डर एरिक विष्ट र डिफेन्डर अनन्त तामाङले फर्टिस क्लबबाट खेलिरहनुभएको छ ।







एसीसी प्रिमियर कप क्रिकट :
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा
फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ
कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदको प्रश्न
रसुवा भोर्ले बजारको पहिरो हटाइयो,
आरआर क्याम्पसको गेटमै विद्यार्थीले दाउरामा