एजेन्सी । पाकिस्तानकी कप्तान फातिमा सनाको उत्कृष्ट अलराउण्ड प्रदर्शनलाई पछि पार्दै श्रीलंका महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । दुबईमा भएको सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर १३० रन बनाएको थियो । फातिमा सनाले ३६ बलमा ४७ रनको आक्रामक इनिङ खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफलसम्म पुर्याउनुभएको थियो । बलिङतर्फ पनि उहाँले ३८ रन खर्चेर चार विकेट लिनुभयो ।
श्रीलंकाले १३१ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमै दबाब झेल्यो । टोली पाँच रनमै दुई विकेट र ३३ रनमा चार विकेट गुमाएर संकटमा परेको थियो । तर, हर्षिता समरविक्रमाले ३१ बलमा ३६ तथा काविशा दिल्हारीले ३३ बलमा ३३ रन बनाएपछि श्रीलंकाले खेलमा पुनरागमन गर्यो । उनीहरूले ५९ बलमा ६७ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
फातिमाले पुनः दुई विकेट लिएर पाकिस्तानलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । उहाँले समरविक्रमा र दिल्हारीलाई आउट गरे पनि श्रीलंकाको ब्याटिङ गहिराइ पाकिस्तानका लागि भारी पर्यो । निलाक्षिका सिल्भा र कौशिनी नुथ्यांगनाले टोलीलाई जितसम्म पुर्याउनुभयो । श्रीलंकाले १९औँ ओभर पूरा हुनुअघि नै लक्ष्य भेट्टायो ।
श्रीलंकाका खेलाडीहरू जितको खुसी मनाइरहँदा फातिमा भने निराश हुँदै मैदानमा भावुक देखिनुभयो । हारका बाबजुद उहाँको अलराउण्ड प्रदर्शन सेमिफाइनलको मुख्य आकर्षण बन्यो । श्रीलंकाले अब फाइनलमा भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक