पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षा तथा नागरिकका संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता र समावेशितालगायत संवैधानिक उपलब्धिको संरक्षणका लागि राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
“संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ,” उहाँले भन्नुभयो, “जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।”
आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायका संवैधानिक अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको उहाँले बताउनुभयो ।
वर्तमान सरकारप्रति जनताको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै नेपालले जनताको चाहनाअनुसार सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो ।
यही भदौ १० गते आएको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सरकारले थप तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो । “देश अहिले विपत्मा छ, हिमाली बाढीका कारण ठूलो जनधनको क्षति भएको छ,” उहाँले भन्नुभयो, “खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई समेत उद्धार र राहतमा खटाउन सक्नुपर्छ ।”
यसैगरी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाका सम्बन्धमा निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत नेपालले गर्नुभयो ।







रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी
विपत्तिमा राजनीति होइन, नागरिकको जीवनरक्षा